२२ भदौ २०८३, सोमबार | September 7, 2026

वेष्ट इण्डिजलाई ९० रनले हराउँदै नेपालले जित्यो ऐतिहासिक उपाधि



दुबई । नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्ट इण्डिजलाई ९० रनले हराउँदै एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ । तीन खेलको टी२० आई सिरिज नेपालले लगातार दोस्रो जितका साथ एक खेल अगावै जितेको हो । यो नेपालको टेस्ट टोलीविरुद्ध यो पहिलो टी२० आई सिरिज उपाधि समेत हो ।

जित्नलाई १ सय ७४ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज १७.१ ओभरमा ८३ रनमा अल आउट भयो । वेष्टइण्डिजका जेसन होल्डरले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए ।

नेपालले पावर प्ले (सुरुवाती ६ ओभरमा) मात्रै १६ रन खर्चेर २ विकेट लिएपछि वेष्टइण्डिजलाई नेपालले निरन्तर दबाबमा राख्न सफल भयो । नेपाली बलरसामु वेष्टइण्डिजका कुनैपनि ब्याटरले क्रिजमा टिकेर रन बनाउन सकेनन् । ओपनर जेवल एन्ड्रयु २, कायल मेयर्स ६, केसी कार्टी १, एकिम अगष्ट १७, अमिर जांगो १६ रनमा आउट भए ।

नेपालको जितमा आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । नियमित बलर नन्दन यादव घाइतेभएपछि नेपालले आदिललाई दोस्रो खेलमा मौका दिएको थियो । प्रतिबन्धपछि पूनरागमन पहिलो खेलमै आदिलले उत्कृष्ट बलिंग गरेका हुन् । कुशल भुर्तेलले २.१ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो ।

नेपालको जितमा ओपनर आसिफ शेख ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा नट आउट रहे । सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रनको योगदान दिए ।

चौथो विकेटलाई सन्दीप र आसिफले एक सय रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नेपालको टी-२० आईमा यो चौथो विकेटलाई भएको उच्च साझेदारीमा पनि पर्दछ । यसअघि नेपालबाट २०२३ मा आसिफ र रोहितले युएईविरुद्ध टि ट्वान्टी आईमा चौथो विकेटलाई ९९ रनको साझेदारी गरेका थिए । त्यस्तै टेस्ट टोलीविरुद्ध टि-२० आईमा पहिलो पटक नेपाली ब्याटरको अर्धशतक र शतकीय साझेदारी पनि हो ।

स्पिनर अकिल हुसेनले कुशल भुर्तेललाई २ रनमा एलबिडब्लू आउट र कप्तान रोहितलाई ३ रनमा बोल्ड आउट गर्दै ३.३ ओभरमा १४ को अवस्थामा पुर्याएका थिए ।

त्यसपछि कुशल मल्ल ७ रनमा रन आउट भए । ननस्ट्राइकबाट रन लिन कुशल दौडिएपनि आसिफले पिचको केही भागमा आएर फर्किएपछि कुशल पुनः ननस्ट्राइकमा फर्किने क्रममा रन आउट भएका थिए ।

आदिल अन्सारी ५ बलमा १ चौका र १ छक्कासहित ११ तथा गुल्शन झाले ६ रन बनाए । वेष्टइण्डिजका अकिल हुसेन र कायल मेयर्सले समान २ विकेट लिए ।

युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई १९ रनले हराएको थियो । नेपालले टेस्ट टोलीलाई आफ्नो इतिहासमा पहिलो पटक हराएको हो । अन्तिम खेल मंगलवार हुनेछ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ११ : ३६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार