६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

बुटवलको बागमतीको शोरुमबाट अव सुजुकीको जिग्गर र जुम्याभको डर्ट बाईक बिक्री शुभारम्भ



बुटवल । विगत चार दशकदेखी दुई पाग्रे सवारी र पार्ट बिक्री वितरण गर्दै आएको बुटवलको बागमती मोटरसाइकल सेन्टरले सुजुकी र जुम्याभ दुई कम्पनीका नया बाइक बिक्री शुरु गरेको छ । मंगलबार महाअष्टमी पारेर कालिकानगरमा दुई वटा शोरुमको विधिवत उद्घाटन गरिएको छ ।

शेरुमको एक कार्यक्रमका बीच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले बागमती शेरुमले यस क्षेत्रमा नै दुई पाग्रे सवारी र पार्टको बिक्रीवितरण गरेर आम उपभोक्ताको मन जितेको बताए । बागमती विगत लामोसमयदेखि मोटरसाईकल बिक्रि गर्दै आएको आफुलाई स्मरण रहेको उल्लेख गर्दै उनले समयसापेक्ष र प्रविधिमैत्री सवारी भित्राउदै बिक्रीपछिको सेवा दिँदा आम उपभोक्ताको मन जित्न सफल भएको उनले बताए ।

कार्यक्रममा बागमतीका संचालक चिरञ्जीवी श्रेष्ठले क्रस फायरको बाईक र ईलेक्ट्रिक ग्यारो गरि दुई वटा कम्पनीको सवारी विक्रीवितरण गर्दै आएकोमा मंगलबारदेखी दुई नया थप कम्पनीको सवारी बिक्रीवितरण शुरु गरिएको जानकारी दिए । विश्वबजारमा नै जापानिज कम्पनी सुजुकीका उत्पादनमा उपभोक्ताको आर्कषण रहेको भन्दै यसको स्कुटी र मोटरसाईकल सो स्थानमा उपलब्ध हुने उनले जनाए । ‘चार वटा कम्पनीका दुई पाग्रे सवारी बिक्रिवितरण शुरु गरेका छौ ।’– उनले भने ।

शोरुममा भि स्ट्रोम एसएक्स, जिग्गर एसएफ २५०, जिग्गर २५०, जिग्गर १५० बाईक र यसैगरि स्कुटीतर्फ एभिनिस, वर्गमेन र एसेस गरि ३ प्रकारका सवारीहरु रहेको छ । यसैगरि जुम्याभ कम्पनीको डट बाईकहरु ३ वटा भेरियन्टमा छन । जसको बजार मूल्य ७ लाख ५० हजार रुपैया, ७ लाख ९९ हजार र ८ लाख २० हजार रुपैया रहेका छन ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : १७ बजे

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल