५ चैत्र २०८२, बिहिबार | March 19, 2026

सरकारमा हुनेहरूको विवेकहीनता कारण जेन-जी पुस्ताको ज्यान गयो : प्रधानमन्त्री कार्की



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारको जिम्मेवारी सम्हालेकाहरूमा विवेकको कमी हुँदा जेन–जी पुस्ताका युवाले ज्यान गुमाउनु परेको टिप्पणी गरेकी छन्।

विजया दशमीको अवसरमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेटघाट गर्दै उनले यस्तो धारणा राखेकी हुन्। प्रधानमन्त्री कार्कीले यस्तो दुर्घटना हुनै नपर्ने घटना भएको बताउँदै मृतक परिवारलाई सहयोग गर्ने विषयमा सरकार गम्भीर रहेको स्पष्ट पारिन्।

“यो दुःखद घटना हो। सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण यस्तो दुर्घटना भयो। उहाँहरूले खासै धेरै माग गर्नुभएको छैन। तर, बच्चाहरूको पढाइ, भविष्य र काममा सहयोग पुगोस् भन्ने सोच सरकारको छ। मृतक फर्केर आउँदैनन्, तर राज्यले उठ्नलाई सहयोग गर्नैपर्छ,” कार्कीले भनिन्।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए भने सयौं घाइते भएका थिए।

प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेकी हुन् । त्यसअघि प्रधानमन्त्रीले नागार्जुन–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरेकी थिइन ।

प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीको चाहनाअनुसार आफुले पनि दशैंको टीका नलगाएर शहीद परिवारसँग समय बिताएको बताए । उनले शहीदहरुको बगाएको रगतमाथि अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए ।

गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी युवा आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाइते भएका थिए । ३८ बढी घाइतेहरुको अहिलेपनि काठमाडौंका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ७ : १३ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई