५ चैत्र २०८२, बिहिबार | March 19, 2026

‘असोज १७ गतेदेखि २० गतेसम्म टाढाको यात्रा नगर्न सुझाव’



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गतेदेखि २० गतेसम्म टाढाको यात्रा नगर्न सुझाव दिएको छ। प्राधिकरणले देशका पाँचवटा प्रदेशमा व्यापक वर्षाको सम्भावना देखिएकाले यस अवधिमा अत्यन्त जरुरी नपरी टाढाको यात्रा नगर्न सुझाव दिएको हो ।

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना देखाएको छ । यस क्रममा नारायणी, बागमती, कमला र कोसी नदीमा बहाब खतरा तह आसपास पुग्न सक्ने विभागको पूवानुमान छ ।

विशेषगरी बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोसी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूमा आकस्मिक बहाबको सम्भावना उच्च रहेको हुँदा सतर्कता अपनाउन र पूर्वतयारी गर्न विपद् प्राधिकरणले सुझाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ७ : ४६ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८