काठमाडौं । निजी हवाई कम्पनीहरुले बढी मूल्यमा हवाई भाडा असुल गरेको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।
दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुने भएको र अत्याधिक मागको फाईदा उठाउँदै महँगो भाडादरमा समेत टिकट बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले आन्तरिक गन्तव्यमा अधिकतम भाडादर सार्वजनिक गरेको हो ।
नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ । वायु सेवा कम्पनीहरुले भने टिकटको न्युन माग भएका बेला न्युनतम भाडामा टिकट बेच्नेगरे पनि माग बढेसँगै अधिकतम भाडा दर मात्र लागु गर्ने गरेका छन् । टिकटको माग कम भएका बेला बिभिन्न ‘फेयर’को नाममा सस्तो टिकट बेच्ने गरेका कम्पनीहरुले दशैं तिहारको सिजन सुरुभएसँगै अधिकतम भाडा मात्र असुल्ने गरेका छन् ।
यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको भएपनि न्युनतम भाडा वा सहुलियत दरमा टिकट बेच्ने बिषयमा भने प्राधिकरण मौन बसेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ ।
प्राधिकरणले सार्वजनिक गरेको अधिकतम हवाई भाडादर यस्तो छ–



















प्रतिक्रिया