५ चैत्र २०८२, बिहिबार | March 19, 2026

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा गाडी चलाउन रोक



काठमाडौं । लगातारको वर्षासँगै पहिरो खस्दा धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा आज बिहान ६ बजेदेखि सवारी आवागमन रोकिएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा पहिरो खसेपछि नागढुंगा-मुग्लिन सडकखण्ड बन्द भएको छ । यद्यपि मुग्लिन-नारायणगढ सडकखण्ड भने अहिले दुईतर्फी सञ्चालनमा छ । तर ढुंगा खस्ने क्रम निरन्तर रहेकाले यात्रामा जोखिम भएकै कारण सवारी चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

मुग्लिन-नारायणगढ सडकअन्तर्गत तुइन खोलामा सानो पहिरो खसेको भए पनि अहिले बाटो खुला रहेको प्रहरीले जनाएको छ । तर सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिहान ६ बजेदेखि अस्थायी रूपमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार आज बिहान करिब २ बजे जवाङ खोलामा पहिरो खसेपछि राजमार्ग बन्द भएको थियो । स्थानीय, प्रहरी र यात्रुको सहयोगमा बाटो केही समय खुलाइएको भए पनि फेरि बिहान ६ बजे पुनः माथिबाट पहिरो खस्दा सडक दुबै तर्फ अवरुद्ध भएको हो ।

निरन्तर वर्षासँगै ढुंगा-माटो खस्ने क्रम जारी रहेकाले सडक तत्काल खोल्न सकिएको छैन । बारम्बार पहिरो खस्दा यात्रुहरूलाई ठूलो सास्ती भोग्नुपरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : २३ बजे

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति