८ पुस २०८२, मंगलबार | December 23, 2025

पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए



दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन् । आज बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो ।

मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन-काठमाडौंको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीमा करिब दुई/तीन सय सवारीसाधन रोकिएका छन् ।

वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गरे ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १२ : १५ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र