७ माघ २०८२, बुधबार | January 21, 2026

अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति



चितवन । अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ जान अनुमति दिइएको छ । शनिबार साँझ ६ बजेदेखि नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुंगा झरेको छ । ढुंगा र साना पहिरो पन्छाएर अत्यावश्यक हलुका सवारीसाधन गन्तव्यतर्फ पठाइएको हो ।

शुक्रबार साँझदेखि परेको वर्षातले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् । उनका अनुसार काठमाडौं जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारीसाधन रोकिएको छ ।

धादिङ, तनहुँलगायत जिल्लामा समेत पहिरो एवं ढुंगा खसेर सडक अवरोध भएको उनले जानकारी दिए । सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलताअनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’मा रहेका सवारीसाधनलाई यथास्थानमा रहनसमेत प्रहरीले आग्रह गरेको छ । अवस्था हेरेर ती साधन पार गराइने उनले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : ५७ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत