काठमाडौं। दशैं बिदापछि खुलेको बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । एकैदिन तोलामा ७ हजार ६०० रुपैयाँले बढेर प्रतितोलाको मूल्य यति धेरै महंगो भएको हो ।
यसअघि असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ रहेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्चतम मूल्यवृद्धि भएको महासंघले जनाएको छ ।
यसैगरी आइतबार २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार ९३० रुपैयाँ पुगेको छ । पछिल्लो कारोवारभन्दा चाँदी आज १२० रुपैयाँले वृद्धि भएको हो ।


















प्रतिक्रिया