१४ भदौ २०८३, आइतबार | August 31, 2026

सप्तकोशीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो



सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । पानीको सतह उच्च भएपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेकाले आज बिहान ८:१५ बजे पानीको प्रवाह प्रति सेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेक नाघेपछि सबै ढोका खोलिएको हो ।

उनले भने, “पानीको सतह लगातार बढ्दै गइरहेको छ । जोखिमको सङ्केतस्वरूप ब्यारेजमा रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ ।”

सप्तकोशी जलमापन कन्ट्रोल रुमले पनि जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको पुष्टि गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मिश्रले उदयपुर र सुनसरीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । बाढीका कारण केही स्थानमा जोखिम बढ्न सक्ने उनले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १२ : १६ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति