११ भदौ २०८३, बिहिबार | August 27, 2026

संकटको अवस्थामा नेपाललाई सहयोग गर्न भारत सधैं तत्पर : भारतीय प्रधानमन्त्री



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत हाल नेपालका विभिन्न भागमा परेको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएकोप्रति गहिरो दु:ख व्यक्त गरेका हुन् । मोदीले नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन् ।

उनले भनेका छन्, “नेपालमा भारी वर्षाबाट जनहानि र क्षति हुनु दुःखद छ। यस कठिन समयमा हामी नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्ध छौं।”

मोदीले आफूलाई “मैत्रीपूर्ण छिमेकी र पहिलो रेस्पोन्डर मुलुकको रुपमा उल्लेख गर्दै आवश्यक सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरेको छ।

उनले भनेका छन्, “नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं। एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ।”

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ३६ बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा