४ आश्विन २०८३, आइतबार | September 20, 2026

नेपाल वायुसेवा निगमले काठमाडौं भैरहवा उद्धार उडान गर्ने



बुटवल । सरकार मातहतको वायुसेवा नेपाल वायुसेवा निगले सोमबार काठमाडौँ-भैरहवा-काठमाडौँ उद्धार उडान गर्ने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा नागरिक उड्यान प्राधिकरणले निगमलाई चार्टर उडान अनुमति दिएसँगै निगमले भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि उडान गर्न लागेको हो।

निगमको ए३२० विमान दिउँसो १ बजे काठमाडौँबाट भैरहवा उड्ने र भैरहवाबाट काठमाडौँका लागि २ बजेर ४५ बजे यात्रु बोकेर फर्कने छ । काठमाडौँबाट भैरहवा जाँदा निगमले ५ हजार रूपैयाँ र भैरहवाबाट काठमाडौं उड्दा ७ हजार रूपैयाँ भाडा तोकेको छ।

यस मानवीय उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखिने निगमले प्रकाशित गरेको बिज्ञप्तिमा उल्लेख छ । साथै उडानमा यात्रा गर्न चाहने यात्रुले अनलाइनबाट पनि टिकट काट्न उक्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

यसबाहेक निगमको कार्यालय वा आधिकारिक एजेन्सीहरूमार्फत पनि सिट सुनिश्चित गर्न सकिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भैरहवामा अहिले करिब ७ सय यात्रु हवाई टिकट नपाएर अलपत्र परेको खबर सार्वजनिक भएसँगै निगमले उडान भर्ने सूचना सार्वजनिक गरेको हो । नवरपरासीभन्दा पूर्वतर्फ शुक्रबारदेखि अधिक वर्षा भएको र स्थलमार्गहरू अवरूद्ध रहेको कारण पनि भैरहवामा यात्रुको चाप बढी भएको हो। उता भरतपुर विमानस्थलमा यात्रेको चाप बढी भएपछि स्थानीय प्रशासनले नै विमानस्थलबाट बसको व्यवस्था गरि काठमाडौं जाने यात्रुहरु पठाएको थियो ।

मौसमकै कारण शनिबार दिनभर उडान हुन सकेको थिएन।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : ५३ बजे

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी