काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीसँग भिडेर सामाजिक सञ्जालमा भाइरल भएका युवकलाई आफ्नै आमाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीका ३० वर्षीय यमबहादुर (जिरे) कँडेललाई आइतबार साँझ आफ्नै ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार यमबहादुरले आइतबार राति करिब साढे आठ बजेतिर खाना पस्कन गई रहेकी आमामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । घटनास्थलबाट हतियारसहित उनलाई पक्राउ गरी आवश्यक प्रमाणसहित मुचुल्का तयार गरिएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान जारी रहेको र यमबहादुरविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरी वरिष्ठ अधिकृत (एसपी) भेषराज रिजालले जनाएका छन् । प्रहरीले घटनास्थल र आसपासका सीसीटीभी, आँखिहारूको बयान तथा अन्य प्रमाण संकलन गर्दै थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका यमबहादुर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनमा सहभागी हुँदा सामाजिक सञ्जालमा भाइरल भएका थिए । आन्दोलनका क्रममा र विभिन्न भिडिओमा देखिएका उनीका आक्रामक सम्बोधन र भावनात्मक अभिव्यक्तिका क्लिपहरूसँगै उनको नाम चर्चा भएको थियो । परिवार र स्थानीयवासीले भने, आन्दोलन पछि उनलाई मानसिक समस्या देखिएकाले काठमाडौंतर्फ उपचारका लागि लैजान तयारी चलिरहेको अवस्थामा यस्तो घटना हुन पुगेको जानकारी दिएका छन् ।
घटनापछि सो क्षेत्रीय समुदायमा शोक छाएको र स्थानीय प्रशासन तथा प्रहरीले शान्ति सुरक्षा कायम राख्न सक्रियता बढाएको जनाइएको छ ।
प्रहरीले घटनाको पूर्ण तथ्यांक जुटाएर पारिवारिक पृष्ठभूमि, मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन तथा घटनाको प्रेरक कारण बारे विस्तृत छानबिन गरेर सार्वजनिक गर्ने जनाएको छ ।


















प्रतिक्रिया