१६ माघ २०८२, शुक्रबार | January 31, 2026

नेपालले कतारलाई दियो १७१ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको तयारीस्वरूप आयोजित अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्ध १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ३३ बलमा ५६ रनको अर्धशतकीय योगदान गरे । यस्तै, कुशल मल्लले २० बलमा ३८ रन अविजित रहँदै बनाउँदा, दीपेन्द्रसिंह ऐरीले पनि २१ बलमा ३८ रनको आक्रामक पारी खेले ।

अभ्यास खेलमा नेपालले बलिङ र फिल्डिङ संयोजन पनि परीक्षण गरिरहेको छ । यसअघि शनिबार भएको वार्मअप खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

आगामी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि टोलीले आत्मविश्वासपूर्ण तयारी गरिरहेको र कतारविरुद्धको खेल त्यसको महत्वपूर्ण अभ्यासका रूपमा लिइएको नेपाली टिम व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : ५८ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी