१० असार २०८३, बुधबार | June 24, 2026

नेपालले कतारलाई दियो १७१ रनको लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको तयारीस्वरूप आयोजित अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्ध १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ३३ बलमा ५६ रनको अर्धशतकीय योगदान गरे । यस्तै, कुशल मल्लले २० बलमा ३८ रन अविजित रहँदै बनाउँदा, दीपेन्द्रसिंह ऐरीले पनि २१ बलमा ३८ रनको आक्रामक पारी खेले ।

अभ्यास खेलमा नेपालले बलिङ र फिल्डिङ संयोजन पनि परीक्षण गरिरहेको छ । यसअघि शनिबार भएको वार्मअप खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

आगामी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि टोलीले आत्मविश्वासपूर्ण तयारी गरिरहेको र कतारविरुद्धको खेल त्यसको महत्वपूर्ण अभ्यासका रूपमा लिइएको नेपाली टिम व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ५ : ५८ बजे

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो