काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहने जनाएको छ । बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ ।
आज दिउँसो कोशी , कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ । मनसुन हट्दै जाँदा पश्चिमी वायु प्रवेश गर्ने भएका कारण त्यसको प्रभावपरेका स्थानमा बदली भै मध्यम वर्षा र चट्याङ्को सम्भावना रहन्छ । पश्चिमी वायुका कारण चिसो बढ्छ भने हिमपातको सम्भावना पनि रहन्छ ।
त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ ।
कोशी, मधेस वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको दैनिक मौसम बुलेटिनमा उल्लेख छ ।



















प्रतिक्रिया