१२ माघ २०८२, सोमबार | January 26, 2026

मलेसियाले नेपाललाई दियो १०४ रनको लक्ष्य



काठमाडौं । टी-२० महिला क्रिकेट सिरिजको फाइनल खेलमा मलेसियाले नेपाललाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार बिहान मलेसियाको घरेलु मैदान वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०३ रनको योगफल तयार गर्‍यो ।

मलेसियाका लागि विन्डर डानिया टोलीका शीर्ष स्कोरर बनिन् । उनले ४० रनको योगदान दिइन् भने माहिरा इज्जाइले १९ रन बनाइन् ।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई सस्तैमा रोक्न सफल भए । राजमती ऐरीले तीन विकेट लिएर मलेसियाको ब्याटिङ लाइनअपलाई दबाबमा पारिन् । उनले तीन ओभर बलिङ गर्दै १५ रन मात्र खर्चिन् । त्यस्तै, कविता कुँवरले चार ओभरमा १६ रन खर्चेर दुई विकेट हात पारिन् । अर्का बलर रचनाकुमारी चौधरीले एक विकेट लिएर मलेसियाको पारी समेट्न सहयोग गरिन् ।

अब नेपालले सिरिज जित्नका लागि १०४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।

आजको खेल निर्णायक भएकाले जसले जित्नेछ, उसैले टी-२० सिरिजको उपाधि हात पार्नेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : ३४ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना

वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा

मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली

निर्वाचन आउन ३८ दिन बाँकी : संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा