९ माघ २०८२, शुक्रबार | January 23, 2026

सरकारलाई संयमित र जिम्मेवार ढंगले कदम चाल्न मानवअधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले हाल देशमा विकसित भइरहेको राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई संयमित र जिम्मेवार ढंगले कदम चाल्न सुझाव दिएका हुन् ।

आयोगले आगामी दिनमा जेनजी पुस्ताका समूहहरूले गर्ने भनिएका प्रदर्शन र त्यससँग सम्बन्धित गतिविधिबाट शान्ति–सुरक्षामा असर पर्न सक्ने सम्भावनाप्रति चिन्ता प्रकट गरेको छ । साथै, राजनीतिक दल, विभिन्न समूह र व्यक्तिहरूद्वारा व्यक्त भइरहेका अभिव्यक्तिहरूले मानव अधिकारको उपभोगमा अवरोध सिर्जना गर्न सक्ने अवस्था देखिएकाले त्यसलाई आयोगले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

विज्ञप्तिअनुसार, हिंसात्मक गतिविधि, व्यक्तिगत आक्रमणका टिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने र राजनीतिक वातावरण नै धुमिल हुने खतरा रहेको छ । आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासनको पालना र सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत संक्रमणकालीन अवस्थाको समाधान खोज्नु राज्य र नागरिक दुवैको दायित्व भएको उल्लेख गरेको छ ।

“विकसित परिस्थितिमा शान्ति–सुरक्षा र विधिको शासन सुदृढ बनाउन सुरक्षा निकायको मनोबल उच्च राख्दै धैर्यता र संयमतापूर्वक आवश्यक कदम चाल्न नेपाल सरकारलाई आयोग निर्देशन गर्दछ।”

साथै आयोगले सबै राजनीतिक दल र समूहहरूलाई मर्यादित र संयमित प्रदर्शन गर्न, अरूप्रति लक्षित घृणायुक्त अभिव्यक्ति रोक्न र सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धाको प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १२ : ०० बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी