९ चैत्र २०८२, सोमबार | March 24, 2026

एमाले नेता महेश बस्नेतद्वारा डिजिटल जेनेरेसन ‘डीजी’ फोर्स गठनको घोषणा



काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले जनताको आवाज बलियो बनाउने र प्रहरीको मनोबल बढाउने उद्देश्यले डिजिटल जेनेरेसन ‘डीजी’ फोर्स बनाउने घोषणा गरेका छन् ।

बालेन साह, सुधन गुरुङ लगायतका व्यक्तिहरू विरुद्ध जाहेरी दिन्दा मुठभेड हुने कि नहुने प्रश्नमा बस्नेतले भने, “मुठभेड हुँदैन । अपराधीहरूलाई कारबाही गर्नुपर्छ भनेर जाहेरी दिन जाँदा अपराधीहरूले लुटेका हतियार वा भागेका कैदी लिएर आए पनि त्यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो ।”

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले थपे, “प्रहरी प्रशासनको मनोबल कमजोर भएका बेला र जनताको आवाज दबिएका बेला, हिजो जस्तो युथ फोर्स बनायौं, त्यसैगरी डिजिटल जेनेरेसन ‘डीजी’ फोर्स बनाएर जनताको आवाज बलियो बनाउँछौं ।”

बस्नेतले आवश्यक परेमा प्रहरीको मनोबल उच्च बनाउन र प्रतिरोध गर्न पनि राष्ट्रिय युवा संघ तथा नेकपा एमाले तयार रहेको बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  २ : ०५ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११