काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले जनताको आवाज बलियो बनाउने र प्रहरीको मनोबल बढाउने उद्देश्यले डिजिटल जेनेरेसन ‘डीजी’ फोर्स बनाउने घोषणा गरेका छन् ।
बालेन साह, सुधन गुरुङ लगायतका व्यक्तिहरू विरुद्ध जाहेरी दिन्दा मुठभेड हुने कि नहुने प्रश्नमा बस्नेतले भने, “मुठभेड हुँदैन । अपराधीहरूलाई कारबाही गर्नुपर्छ भनेर जाहेरी दिन जाँदा अपराधीहरूले लुटेका हतियार वा भागेका कैदी लिएर आए पनि त्यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो ।”
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले थपे, “प्रहरी प्रशासनको मनोबल कमजोर भएका बेला र जनताको आवाज दबिएका बेला, हिजो जस्तो युथ फोर्स बनायौं, त्यसैगरी डिजिटल जेनेरेसन ‘डीजी’ फोर्स बनाएर जनताको आवाज बलियो बनाउँछौं ।”
बस्नेतले आवश्यक परेमा प्रहरीको मनोबल उच्च बनाउन र प्रतिरोध गर्न पनि राष्ट्रिय युवा संघ तथा नेकपा एमाले तयार रहेको बताए ।


















प्रतिक्रिया