काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले प्रयोग गर्दैआएको सरकारी गाडी फिर्ता गरेका छन्।
सापकोटाले बुधबार आफुले प्रयोग गर्दै आएको सवारी साधन संसद सचिवालयमा बुझाएको
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जनाएका छन् ।
सरकारले हालै खर्च कटौती र मितव्ययिता कायम गर्ने नीतिअन्तर्गत पूर्व पदाधिकारीहरूलाई सरकारी सवारी साधन फिर्ता गर्न निर्देशन दिएको थियो। सोही निर्णयको पालना गर्दै सापकोटाले गाडी फिर्ता गरेका हुन्।
यसअघि पूर्वसभामुखद्वय ओनसरी घर्ती र कृष्णबहादुर महरा, साथै राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमल्सिना पनि आफ्नो सरकारी गाडी फिर्ता गरिसकेका छन्।


















प्रतिक्रिया