२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

राजनीतिक निकासका लागि ३० नागरिक अगुवाको ७ बुँदे अपिल



काठमाडौं । ३० जना नागरिक अगुवाहरुले प्रमुख राजनीतिक दलका नेतृत्वले अवकाश लिएर राजनीतिबाट बिदा लिन सुझाव दिएका छन्।

आज ७ वटा बुँदा सहितको एक अपिल जारी गर्दै नागरिक अगुवाहरुले निर्धारित मितिमै चुनाव सुनिश्चित गर्न आग्रह गरेका छन्।

उनीहरुले राजनीतिक दलहरूहरुलाई यदि, तर नभनी फागुन २१ को निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् । नेपालको संविधान अनुसार यदि छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभएको अवस्थामा अर्को गम्भीर राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने वास्तविकताप्रति अगुवाहरुले दलहरूको गम्भीर ध्यान आकर्षण गराएका छन् ।

जेन–जी विद्रोहपछि सिर्जना भएको विशेष र असाधारण राजनीतिक परिवेशलाई मध्यनजर गर्दै लोकतान्त्रिक अभ्यास अनुसार विघटित संसदमा प्रतिनिधित्व गर्ने सबै दलले अविलम्व विशेष महाधिवेशन गरी ती दलले नयाँ नेतृत्व चयन गर्नु आवश्यक रहेको पनि नागरिक अगुवाहरुले औंल्याएका छन् ।

‘यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वेच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौँ,’ अपिलमा भनिएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : ४६ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद