१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

काठमाडौं प्रशासनले एमाले युवालाई दिएन प्रदर्शनको अनुमति



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)ले भोलि आयोजना गर्न लागेको प्रदर्शनका लागि स्वीकृति नदिने निर्णय गरेको छ ।

आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले सुरक्षासम्बन्धी जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शन, र्‍याली वा सभा गर्न अनुमति नदिने निर्णय भएको जानकारी दिएका छन् ।

प्रशासनको सूचनामा कुनै निश्चित समूहको नाम उल्लेख गरिएको छैन । तर, भोलि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा आयोजना गर्न लागिएको जानकारी प्राप्त भएपछि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

सूचनामा भनिएको छ, “अहिलेको अवस्थाको संवेदनशीलता र सुरक्षाका चुनौतीलाई मध्यनजर गर्दै र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले आम नागरिकको सुरक्षामा असर पार्न सक्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति दिइने छैन ।”

प्रशासनले पूर्वस्वीकृतिबिना कुनै पनि प्रकारका सार्वजनिक कार्यक्रम नगर्न वा नगराउन सबैलाई आग्रह गरेको छ ।

यसअघि नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले भोलि काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने जनाएको थियो । युवा संघका अनुसार उक्त र्‍याली दिउँसो १ बजे तीनकुनेबाट सुरु भई बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने कार्यक्रम तय गरिएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ०५ बजे

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र