२० मंसिर २०८२, शनिबार | December 6, 2025

काठमाडौं प्रशासनले एमाले युवालाई दिएन प्रदर्शनको अनुमति



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)ले भोलि आयोजना गर्न लागेको प्रदर्शनका लागि स्वीकृति नदिने निर्णय गरेको छ ।

आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले सुरक्षासम्बन्धी जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शन, र्‍याली वा सभा गर्न अनुमति नदिने निर्णय भएको जानकारी दिएका छन् ।

प्रशासनको सूचनामा कुनै निश्चित समूहको नाम उल्लेख गरिएको छैन । तर, भोलि काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा आयोजना गर्न लागिएको जानकारी प्राप्त भएपछि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

सूचनामा भनिएको छ, “अहिलेको अवस्थाको संवेदनशीलता र सुरक्षाका चुनौतीलाई मध्यनजर गर्दै र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले आम नागरिकको सुरक्षामा असर पार्न सक्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शनको अनुमति दिइने छैन ।”

प्रशासनले पूर्वस्वीकृतिबिना कुनै पनि प्रकारका सार्वजनिक कार्यक्रम नगर्न वा नगराउन सबैलाई आग्रह गरेको छ ।

यसअघि नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले भोलि काठमाडौंमा मोटरसाइकल र्‍याली निकाल्ने जनाएको थियो । युवा संघका अनुसार उक्त र्‍याली दिउँसो १ बजे तीनकुनेबाट सुरु भई बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै सम्पन्न हुने कार्यक्रम तय गरिएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ०५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल