१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेनजी प्रदर्शनमा बल प्रयोगको आदेश नदिएको पूर्वगृहमन्त्री लेखकको प्रष्टीकरण



काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले गृहमन्त्रीको हैसियतले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा बल प्रयोगको आदेश नदिएको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले प्रदर्शनमा गृहमन्त्रीको हैसियतले आफूले बल प्रयोग गर्न आदेश नदिएको बताएका हुन् ।

लेखकले भने, “बल प्रयोग गर्ने विषयमा गृहमन्त्री र प्रधानमन्त्रीले निर्देशन गरेको भन्ने सवाल उठेका छन् । प्रधानमन्त्रीज्यू वा मेरो तर्फबाट कुनै किसिमको बल प्रयोगको आदेश दिइएको थिएन। धेरै मानिसहरूले ज्यान गुमाए, मलाई गहिरो पीडा भयो ।”

लेखकले आन्दोलनका क्रममा धेरै मानिसको मृत्यु हुनु, सरकारी तथा व्यक्तिगत सम्पत्तिमा आगजनी हुनुजस्ता घटनाप्रति गहिरो दुःख प्रकट गर्दै तत्काल गृहमन्त्रीको पदबाट राजीनामा दिएको बताए। उनले जेनजीका माग सकारात्मक भए पनि प्रदर्शनमा घुसपैठ भएको दाबी गरे ।

लेखकले कानुनी शासनको मान्यताभित्र बसेर काम गर्न सरकार र जाँचबुझ आयोगलाई आग्रह पनि गरे । आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट माथि उठेर काम अघि बढाउनुपर्ने उनेको भनाइ थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : १० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा