३ आश्विन २०८३, शनिबार | September 20, 2026

निर्यात अनुदानलाई निरन्तरता दिन व्यवसायीहरुको माग



विराटनगर । मोरङका व्यवसायीहरूले नेपालबाट निर्यात हुने वस्तुमा दिइदै आएको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् ।

मोरङ उद्योग व्यापार सङ्घले आज एक विज्ञप्ति जारी गरी उद्योग विभागले आर्थिक वर्ष २०८१/८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले निर्यात अनुदान प्राप्त गर्न बुझाउने आवेदन यस वर्ष प्रक्रियामा नलिने भन्दै सूचना जारी गरेको भन्दै विरोधसमेत जनाएको छ ।

भूपरिवेष्टित मुलुकबाट अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन कठिन चुनौतीको सामना गर्दै आएका नेपाली निर्यातकर्ताहरूले आर्थिक मन्दी र राजनीतिक सङ्क्रमणका बीच पनि जेनतेन निर्यात व्यापारलाई निरन्तरता दिँदै आएकामा त्यसविपरित विभागले काम गरेको भन्दै विरोध गरेका हुन् ।

“सरकारको निर्यात प्रवर्द्धन नीतिअनुसार नै निर्यात गरी राष्ट्रका लागि आवश्यक वैदेशिक मुद्रा आर्जनमा महत्त्वपूर्ण योगदान पु-याउँदै आएकामा गत आर्थिक वर्षको निर्यात अनुदान पाउने प्रक्रिया अघि नबढाउने विभागको सूचनाले मुलुकको आर्थिक स्थायित्व कायम गराउने नेपाली निर्यातकर्ता एवं निर्यात क्षेत्रको मनोबलमा दीर्घकालीन नकारात्मक असर पर्नेछ । यसले सरकारका नीतिप्रति उद्योगी– व्यवसायीमा अविश्वासको वातावरणसमेत सिर्जना सम्भावना देखिएको छ”, विज्ञप्तिमा भनिएको छ,“नेपाली निर्यातकर्ता औद्योगिकरव्यावसायिक प्रतिष्ठानको हकहित र संरक्षणको दायित्व पनि सरकारकै रहने हुँदा मिति २०८२-०६-२३ को उद्योग विभागको उक्त सूचनाको हकमा नेपाली निर्यातकर्ताहरूले आव २०८१/८२ को स्वःघोषणासहित अनुसूची–३ बमोजिमको ढाँचामा निवेदन दिने म्याद थप गर्नका लागि सङ्घ माग गर्दछ ।”

सङ्घका अध्यक्ष अनुपम राठीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मुलुकको हालको वित्तीय सीमा, सङ्क्रमणकालीन अवस्था तथा असहज एवं असमान्य परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै उक्त आवको बक्यौता देखिने निर्यात अनुदान रकम बराबरको बण्ड जारी गरी नेपाली निर्यातकर्ताको संरक्षणका लागि सरकारलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ५ : ०१ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब