१० चैत्र २०८२, मंगलबार | March 24, 2026

आज पनि कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समिति बैठकका एजेण्डा टुंगो लाग्ने



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यक्रम रहेको छ । बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा टुंगो लगाउनेछ ।

गत बिहीबारदेखि पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले आ-आफ्ना धारणा राख्दै आएका छन् । बैठकमा नेताहरूले पार्टी महाधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन, र जेनजी आन्दोलनको प्रभावबारे समेत विस्तृत छलफल गरेका छन् ।

बैठकमा सहभागी नेताहरूले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजान सुझाव दिएका छन् ।

यसबीच, जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेका पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य लाभमा रहेकाले पदाधिकारी बैठकमा उपस्थित भएका छैनन् । तर, उनी केन्द्रीय समिति बैठकमा भने सहभागी हुने बुझिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ७ : ४४ बजे

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा