काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यक्रम रहेको छ । बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा टुंगो लगाउनेछ ।
गत बिहीबारदेखि पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले आ-आफ्ना धारणा राख्दै आएका छन् । बैठकमा नेताहरूले पार्टी महाधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन, र जेनजी आन्दोलनको प्रभावबारे समेत विस्तृत छलफल गरेका छन् ।
बैठकमा सहभागी नेताहरूले आगामी मंसिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजान सुझाव दिएका छन् ।
यसबीच, जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेका पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य लाभमा रहेकाले पदाधिकारी बैठकमा उपस्थित भएका छैनन् । तर, उनी केन्द्रीय समिति बैठकमा भने सहभागी हुने बुझिएको छ ।


















प्रतिक्रिया