२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेमा ४१५ नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा



नेपालगञ्ज । बाँकेमा ४१५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेले विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् ।

विशेष मतदाता नामावली सङ्कलन सुरु भएपछि असोज महिनाको एक साताको अवधिमा मात्रै ४१५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए ।

उनले अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनेमा अधिकांश युवा पुस्ता भएको जानकारी दिँदै ३५ वर्ष कम उमेर समूहका बढी भएको बताए । “मतदाता नामावली सङ्कलन दैनिकजसो बढ्दै गएको देखिएको छ”, उनले भने।

जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्ज, बाँकेले असोज ६ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नका लागि स्थानीय तहलगायतका सम्बन्धित स्थानमा सूचना जारी गरी पत्राचार गरेको थियो । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली दर्ताका लागि आवश्यक कागजात नेपाली नागरिकताको प्रमाणपत्र, विवाह भई आएमा विवाहको प्रमाणपत्र, बाहिरी जिल्लाकालाई समेत कागजातका आधारमा दर्ता गर्न सकिने भनेर स्थानीय तहलाई आग्रह गरेको थियो ।

मतदाता नामावली अद्यावधिका लागि अनलाइनमार्फत निवेदन आइरहेको उल्लेख गर्दै निर्वाचन अधिकारी शाहीले बाँकेमा तीन लाख ३३ हजार ९३४ मतदाता रहेको बताउनुभयो । सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य मतदाता हुन् ।

विगतमा हुने मतदाता नामावली सङ्कलनभन्दा केही फरक ढङ्गले मतदाता नामावली सङ्कलन भएको उल्लेख गर्दै शाहीले यस पटकको मतदाता नामावली विशेष मतदाता नामावली सङ्कलन रहेको बताए ।

नयाँ नाम दर्तासँगै अद्यावधिक गर्ने, त्रुटि सच्चाउने, स्थान स्थानान्तरणलगायतका काम अनलाइनमार्फत पनि भइरहेको जानकारी दिँदै उहाँले असोज महिनाको एक साताका अवधिमा ४० जनाको अद्यावधिक गर्ने तथा त्रुटि सच्चाउने काम भएको र १७ जनाको ठाउँ सारिएको उल्लेख गरे ।

“मतदाता नामावलीमा नाम सच्चाउन अनलाइनमार्फत माग आउँछ र हामीलाई त्यसलाई अद्यावधिक गर्दै गइरहेका छौँ”, उनले भन्नुभयो । मतदाता नामावलीमा नाम दर्ता गराउनेमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको अधिकांश छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ९ : ०८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल