५ चैत्र २०८२, बिहिबार | March 19, 2026

राष्ट्रपति पौडेल अस्पताल भर्ना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन् ।

स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई केही दिन अस्पतालमै विश्राम गराइने भएको छ। यस कारण जेनजी प्रतिनिधिसँगको वार्ता सोमबारका लागि सारिएको प्रेस संयोजक कार्कीले बताए ।

शनिबार वार्ताको तयारी भइरहेका बेला राष्ट्रपति कार्यालय अगाडि केही जेनजी कार्यकर्ताले असन्तुष्टि जनाउँदै नाराबाजी समेत गरेका थिए ।

यसअघि राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्री सुशीला कार्की र विभिन्न दलका प्रतिनिधिसँग फागुन २१ गते हुने निर्वाचनबारे छलफल गर्दै आवश्यक तयारी गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  २ : ४९ बजे

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण