५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

खजुरामा कुखुरा फारम भित्र जुवा अड्डा, ५ जना जुवाडे पक्राउ



खजुरा । बाँके प्रहरीले कुखुरा फाराम भित्र संचालन भइरहेको जुवा अड्डामा छापा मारेर ५ जना जुवाडेलाई पक्राउ गरेको छ । खजुरा ४ डि गाउँ स्थित दिनेश शाहीले सञ्चालन गरेको ब्रोइलर कुखुरा पालन गर्न बनाइएको टहरो भित्र संचालन गरिएको जुवा अड्डामा प्रहरीले छापा मारेको हो ।

हारजित हुने गरी जुवा ताश खेलीरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले छापा मारेर जानकी गाउँपालिकाका कृष्ण चौधरी, खजुरा ३ शैलेन्द्र कुमार मिश्रा, गोपाल बुढा क्षेत्री र आशिष गुरुङ तथा बर्दीया बढैयातालका राजेश गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जुवातास खेलिरहेका १०र१२ जना मध्य पक्राउ परेकाहरु बाहेक प्रहरीलाई देखे लगत्तै भागेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीले बताए । उनका अनुसार जुवा खालबाट प्रहरीले नगद ४७ हजार ३० रुपैयाँ र १ गड्‌डी तास बरामद भएको छ । पक्राउ परेकाहरुमाथि अनुसनधान भइरहेको डीएसपी पतालीले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ५ : ३४ बजे

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका