१५ माघ २०८२, बिहिबार | January 30, 2026

अनुमति लिएरमात्र क्यासिनोले विदेशी मुद्राको कारोबार गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ ।

विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु गराउनुपर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिट कार्डबाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ । नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार रु २० हजारबराबरमात्र गर्न सकिनेछ । यो व्यवस्था अनुसार अब प्रतिदिन रु ५० हजार बराबरको मात्र कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाखबराबरको कारोबार गर्न सकिन्थ्यो ।

त्यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार रु १० हजार बराबरमात्र गर्न सकिनेछ । प्रतिदिन रु २० हजारबराबरमात्र कारोबार गर्न सकिने र मासिक रूपमा रु दुई लाख बराबर कारोबार हुनेछ । प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पुरानै व्यवस्था कायम छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ५९ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला