११ भदौ २०८३, बिहिबार | August 27, 2026

तोरीपानीका पाँचघरमा ‘होमस्टे’ सञ्चालन



म्याग्दी । बेनी नगरपालिका-९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालन भएको छ । तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीका अवसर सृजना र पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँचवटा घरमा २१ जना क्षमताको घरबास सञ्चालन भएको समूहकी अध्यक्ष सीता खत्रीले बताए ।

“पाहुना राख्नका लागि कोठा र शौचालयलगायत पूर्वाधार तयार भएका छन्”, उनले भने, “इको हिमालय संस्थाले बेड, विस्तारा र सरसफाइका लागि आवश्यक पर्ने करिब रु छ लाख मूल्यबराबरका सामग्री सहयोग गरेको छ ।”

जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरबास सुरु भएको हो । संस्था दर्ता भइसकेको छ । दोस्रो चरणमा थप घरमा पनि घरबास सञ्चालनको तयारी भएको छ ।

समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि र अन्नपूर्ण हिमाल देखिन्छ । मसलेदार फल टिमुरखेतीका लागि तोरीपानी प्रसिद्ध छ । तोरीपानीको शिरमा पर्यटकीयस्थल टोड्के, ऐतिहासिकस्थल ढोलथान दरबार, धार्मिकस्थल पछै छन् ।

बेनीदेखि नेप्टेचौर हुँदै तोरीपानी जोड्ने सडक गण्डकी प्रदेश सरकारमार्फत कालोपत्रसहित स्तरोन्नतिका क्रममा छ । तोरीपानी हुँदै बाइसेचौवीसे राज्यको पालामा दरबार रहेको ढोलथान जोड्ने सडक सङ्घीय सरकार र नगरपालिकामार्फत स्तरोन्नतिका लागि योजनाहरू सञ्चालन भएका छन् ।

बेनीमा आउने पारिवारिक वातावरणमा रमाउन इच्छुक पाहुनाका लागि तोरीपानी उपयुक्त गन्तव्य बन्न सक्ने देखिन्छ । तोरीपानी हुँदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ ।

घरबासका माध्यमबाट पर्यटन प्रवर्द्धन, रोजगारी सृजना र स्थानीयको आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष चक्र केसीले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ०२ बजे

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको