२८ कार्तिक २०८२, शुक्रबार | November 15, 2025

बालेन र सुदनविरुद्ध प्रहरीमा नेविसंघले पनि दियो किटानी जाहेरी



काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका विध्वंसात्मक घटनामा उनीहरुको हात रहेको दाबी गर्दै उनीहरुउपर अनुसन्धानको माग गर्दै नेविसंघले काठमाडौं र ललितपुर जिल्ला प्रहरी परिसरमा किटानी जाहेरी दिएको हो।

नेविसंघले बालेन र गुरुङले विद्यार्थीहरूलाई आन्दोलनमा उक्साउने, तोडफोड तथा आगजनीमार्फत राष्ट्रिय सम्पदामा क्षति पुर्‍याउने, सरकारी तथा निजी सम्पत्तिको लुटपाट गराउने कार्यमा संलग्न गराएको आरोप लगाएको छ।

नेविसंघका केन्द्रीय सदस्य अशोक सिंह विष्टले काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरीमा बालेन र सुदनले युवा विद्यार्थीहरूलाई उक्साएर सर्वसाधारणको ज्यानसमेत जाने गरी मुठभेड गराएको आरोप उल्लेख गरिएको छ।

संघले २४ घण्टाभित्र उजुरी दर्ताको जानकारी दिन प्रहरीलाई आग्रह गरेको छ ।

जेनजी आन्दोलनपछिको परिस्थितिबारे छलफल गर्न बसेको नेविसंघ केन्द्रीय समितिको वैठकले देशव्यापीरूपमा उनीहरूविरुद्ध जाहेरी दिने निर्णय गरेको थियो।

यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियूले पनि बालेन र सुदनविरुद्ध काठमाडौंसहित विभिन्न जिल्लामा उजुरी दर्ता गरेको थियो, तर ती उजुरी अझै दर्ता भएका छैनन्।

यता सुदन गुरुङसहितका युवाहरूले भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध मानवताविरुद्धको अपराध र भदौ २३ गतेको ‘नरसंहार’का दोषी भएको भन्दै उजुरी दिएका छन्। तर, त्यस उजुरीमाथि पनि हालसम्म कुनै कारबाही भएको छैन।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : ०९ बजे

स्वदेश फर्किए देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती सिंगापुरबाट काठमाडौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै