३ चैत्र २०८२, मंगलबार | March 17, 2026

होटल पौवा बुटवलमा सरायँ नाच सम्पन्न



बुटवल । लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यसहित होटल पौवा बुटवलले सरायँ नाच प्रस्तुत गरेको छ ।बडादशैँ २०८२ को अवसरमा शनिबार साँझ प्रस्तुत गरिएको लोपोन्मुख सरायँ नाचको २ हजार बढी दर्शकले अवलोकन गरेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-५ मुझुङस्थित कालिका युवा क्लबका कलाकारहरुले सराय नाच प्रस्तुत गरेका हुन् ।

लुम्बिनी प्रदेशका पहाडी भेगहरू गुल्मी, पाल्पा, अर्घाखाँची, गण्डकी लुम्बिनी प्रदेशको स्याङ्जा लगायतका जिल्लाहरूमा प्रचलित धार्मिक र सांस्कृतिक महत्व बोकेको सराय नाचले दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीयालीलाई चित्रण गर्छ । कार्यक्रममा नृत्यम कलाकेन्द्र बुटवलका कलाकारहरुले कौडा, ठूलो नाच, मारुनी नाच लगायतका नाचहरु समेत प्रस्तुत गरेका थिए ।

होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले कलाकारहरुलाई माला लगाएर स्वागत गरेका थिए । उनले नेपालको सांस्कृतिक विविधतालाई जगेर्ना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन होटलले निरन्तर प्रयास गरिरहेको बताए । ‘नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा र खानपिनको प्रवर्द्धनमा पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका खेल्छ ।’-उनले भने ।

होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीका अनुसार सँस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्द्धनका लागि विभिन्न पर्वविशेष कार्यक्रमहरु आयोजना गरिँदै आएको जानकारी गराए । “नयाँ पुस्तालाई नेपालको लोपोन्मुख सांस्कृतिक पहिचानसँग जोड्न होटल पौवाले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । हामीले बुटवल शाखाबाट सराय नाचको प्रदर्शन गर्दैआएका छौं, जसले सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने विश्वास छ ।”, भण्डारीले भने ।

महोत्सवमा सांस्कृतिक प्रस्तुतिसँगै दर्शकहरुले होटलमा तयार पारिएका पहाडी परम्परागत परिकारहरुको समेत स्वाद लिएका थिए । योगीकुटी शाखाका व्यवस्थापक प्रकाश पाठकका अनुसार सेलरोटी, बटुक, चुकौनी लगायतका नेपाली परिकारका स्टलहरूमा राखिएका थिए । आर्थिक मुनाफाभन्दा पनि परम्पराको संरक्षण आफूहरुको प्रमुख उद्देश्य रहेको उनले बताए ।

होटल पौवाले विगत ९ वर्षदेखि ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारासहित लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूसहित देशभर १६ स्थानमा सेवा प्रदान गर्दै आएको छ । जुम्ला, धनगढी, भालुवाङ, घोराही, लमही, गोरुसिङ्गे, योगीकुटी, भैरहवा, तानसेन, रेसुङ्गा, नेपालगन्ज, पोखराको लेकसाइड, काठमाडौंको गौशाला, चितवनको भरतपुर, सिन्धुलीको मुलकोट र कालिञ्चोकको कुरिभ्यालीमा पौवाका होटल रिसोर्ट सञ्चालित छन् ।

नेपालगन्जमा पाँचतारे होटलको निर्माण कार्य सम्पन्न भै ब्यान्क्वेट सेवा, फाइन डाइन रेस्टुरेन्ट र नेपाली ब्रान्ड भात भान्सा सञ्चालनमा छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : १२ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण