१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेन जी प्रदर्शनमा ज्यान गुमाउनेहरुको शोकमा नेपालगन्जमा यसवर्ष न्हु दयाः भिन्तुना र्याली नहुने



नेपालगन्ज । हरेक वर्ष नेपाल सम्बतको पहिलो दिन नेपालगन्जमा हुँदै आएको न्हु दया भिन्तुना र्याली यसवर्ष नहुने भएको छ । नेवाः पुचको आयोजनामा हुँदै आएको भिन्तुना र्याली जेन जी युवाहरुले ज्यान गुमाएको शोकमा पुचले नगर्ने भएको हो ।

नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्रकुमार जोशीले आज एक बिज्ञप्ति प्रकाशित गर्दै युवाहरुले ज्यान जोगाएको शोकमा यसवर्ष भिन्तुना र्याली नगर्ने जनाएका छन् । बिज्ञप्तिमा देश विषम परिस्थितीमा गुज्रेको तथा युवाहरुको ज्यान गएको र सयौं घाइते युवाहरुले अहिलेपनि बिभिन्न अस्पतालहरुमा उपचार गराईरहेको अवस्था रहेको उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा अध्यक्ष जोशीले मृतक युवाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रदर्शनमा नेपालगन्जका २ जना युवाको पनि प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मृतक मध्यका शुलभ श्रेष्ठका पिता नरेन्द्र श्रेष्ठ नेवाः पुच बाँकेमा सदस्य समेत हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ४६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा