२७ भदौ २०८३, शनिबार | September 12, 2026

जेन जी प्रदर्शनमा ज्यान गुमाउनेहरुको शोकमा नेपालगन्जमा यसवर्ष न्हु दयाः भिन्तुना र्याली नहुने



नेपालगन्ज । हरेक वर्ष नेपाल सम्बतको पहिलो दिन नेपालगन्जमा हुँदै आएको न्हु दया भिन्तुना र्याली यसवर्ष नहुने भएको छ । नेवाः पुचको आयोजनामा हुँदै आएको भिन्तुना र्याली जेन जी युवाहरुले ज्यान गुमाएको शोकमा पुचले नगर्ने भएको हो ।

नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्रकुमार जोशीले आज एक बिज्ञप्ति प्रकाशित गर्दै युवाहरुले ज्यान जोगाएको शोकमा यसवर्ष भिन्तुना र्याली नगर्ने जनाएका छन् । बिज्ञप्तिमा देश विषम परिस्थितीमा गुज्रेको तथा युवाहरुको ज्यान गएको र सयौं घाइते युवाहरुले अहिलेपनि बिभिन्न अस्पतालहरुमा उपचार गराईरहेको अवस्था रहेको उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा अध्यक्ष जोशीले मृतक युवाहरु प्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रदर्शनमा नेपालगन्जका २ जना युवाको पनि प्रहरीको गोली लागेर मृत्यु भएको थियो । मृतक मध्यका शुलभ श्रेष्ठका पिता नरेन्द्र श्रेष्ठ नेवाः पुच बाँकेमा सदस्य समेत हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ४६ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा