३ आश्विन २०८३, शनिबार | September 19, 2026

विश्वभर फैलिँदै गएको जेनजी आन्दोलन परिवर्तनको सकारात्मक संकेत : पूर्व आयुक्त अन्सारी



नेपालगन्ज । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले दिगो परिवर्तनका लागि मानव अधिकार, समानता र न्यायलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएकी छन् । नेपालगन्जमा नेप्लीज मेटर्सले आयोजना गरेको “समाजको आवश्यकता र दिगो परिवर्तन” विषयक विचार–विमर्श कार्यक्रममा बोल्दै उनले राज्य, नागरिक समाज र नयाँ पुस्ताबीचको सहकार्यबिना सार्थक परिवर्तन सम्भव नरहेको बताइन् ।

अन्सारीले दिगो परिवर्तन केवल नीति वा कागजमा सीमित हुन नहुने बताउँदै दिगो परिवर्तन व्यवहारमा देखिनु पर्ने बताइन् । त्यसका लागि समान अवसर, लैङ्गिक न्याय र सबै वर्गको सम्मान अनिवार्य रहेको उनको भनाई छ ।

उनले विश्वभर फैलिँदै गएको जेनजी आन्दोलनलाई परिवर्तनको सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै नयाँ पुस्ता अधिकारप्रति सचेत र अन्यायविरुद्ध आवाज उठाउन सक्षम बन्दै गएको बताइन् । उनले भनिन् “जेनजी पुस्ता निडर छ, उनीहरूले प्रश्न गर्छन्, असमानताविरुद्ध बोल्छन् — यही चेतना दिगो परिवर्तनको जग हो ।”

अन्सारीका अनुसार महिला, दलित, आदिवासी, मुस्लिम, मधेसी लगायत सबै समुदायको समान सहभागिता सुनिश्चित नगरी कुनै पनि परिवर्तन दीर्घकालीन हुन नसक्ने उल्लेख गरिन् ।

कार्यक्रमको अध्यक्षता गर्दै नेप्लीज मेटर्सका संरक्षक हाजी अब्दुल रहमान मियाँले समाजमा सहिष्णुता, एकता र आपसी समझदारीको आवश्यकता रहेको औंल्याए । “धर्म, भाषा वा पहिचानले होइन, मानवताको आधारमा हामी एकअर्कासँग जोडिनुपर्छ,” उनले भने, “युवापुस्ता एउटै उद्देश्यका लागि संगठित भए भने समाजमा कुनै पनि विभाजन टिक्दैन।”

मियाँले मुस्लिम युवाहरूलाई पनि देश निर्माणमा सशक्त रूपमा सहभागी हुन आह्वान गर्दै जेनजी आन्दोलनले उनीहरूका लागि अवसरको ढोका खोलेको बताए ।

कार्यक्रममा प्राध्यापक गिरिराज पौडेलले दिगो विकास लक्ष्य हासिल गर्न शिक्षामा समान पहुँच, लैङ्गिक समता र उत्तरदायित्वपूर्ण शासन प्रणाली आवश्यक रहेको बताए ।

कार्यक्रममा नेप्लीज मेटर्सका संयोजक मोहम्मद रिहानले जेनजी आन्दोलनले समानता र अधिकारको आवाज बुलन्द गरे पनि सबै समुदायको समान प्रतिनिधित्व अझै सुनिश्चित हुन नसकेको बताएका थिए । उनले भने,“जबसम्म मुस्लिम समुदायलगायत वञ्चित वर्गका युवाहरू नेतृत्वमा आउँदैनन्, जेनजी आन्दोलन अधुरो रहन्छ ।”

अधिवक्ता जमालुद्दीन अन्सारीले मुस्लिम युवाहरूमा आत्मविश्वास र चेतना जगाउने जिम्मेवारी पनि जेनजी आन्दोलनकै रहेको बताए ।

दुई दर्जनभन्दा बढी युवाको सहभागितामा सम्पन्न कार्यक्रममा वक्ताहरूले सबै समुदायको समान सहभागिता र मानव–केन्द्रित विकासलाई दिगो रूपान्तरणको मूल आधार मानेर अगाडि बढने जोड दिएका थिए । पूर्व आयुक्त मोहना अन्सारीलाई कार्यक्रममा स्वागत गरिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १० : १६ बजे

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा