काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।
सुवेदीले विभिन्न सामाजिक सन्जालमार्फत नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्कमल दाहाल प्रचण्ड विरुद्ध भ्रामक र तथ्यहीन प्रचार गरेको भन्दै सचिवालयले उजुरी गरेको हो ।
सुवेदीले प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैया लगेर लुकाइएको आरोप लगाएका थिए ।
यसरी झुठ्ठा सामग्री प्रबाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएका कारण उजुरी दिनुपरेको प्रचण्डको सचिवलयले भनेको छ ।
सचिवालयले भनेको छ, ‘सामाजिक संजालबाट पार्टी नेतृत्वबिरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देबेन्द्र सुवेदी बिरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहको माग गरिएको छ ।’


















प्रतिक्रिया