२१ मंसिर २०८२, आइतबार | December 8, 2025

मालपोत कार्यालयमा जेलेका श्रेस्ता कायम गर्न थालियो



दाङ । जेनजी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट गरिएका श्रेस्ता कायम गर्न मालपोत कार्यालयले काम थालेको छ ।

मालपोत कार्यालय तुलसीपुर र घोराहीले जलेका श्रेस्ता कायम गर्नका लागि सूचना जारी गरी मोठहरु कायम गर्न थालेको हो । मालपोत कार्यालय तुलसीपुरका नायव सुब्बा एवं सूचना अधिकारी शान्तराज गौतमका अनुसार मोठ कायम गर्न दुवै कार्यालयले जग्गाधनीसँग भएको सकल जग्गाधनी प्रमाण पुर्जा र प्रतिलिपी, नेपाली नागरिकताको सकल प्रमाणपत्र र प्रतिलिपि, चालुु आर्थिक वर्षको मालपोत बुझाएको रसिद र प्रतिलिपि तथा जग्गा रोक्का भएमा राख्ने निकायको सहमति ल्याउनुपर्ने छ ।

जग्गाधनीसँग भएको सक्ल जग्गाधनी पुर्जा र एलआरएमआईसमा भएको अभिलेख भिडेमा प्रणालीबाट त्यस्तो जग्गाको श्रेस्ताको प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेस्ता कायम गरिने सूचना अधिकारी गौतमले बताए । उनका अनुसार यदी त्यसमा फरक पर्न गएमा डिएमएसमा भएको अभिलेखसँग रुजु गर्ने र एलआरएमआईएसमा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको श्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेस्ता कायम गर्ने तथा यी दुबैमा नभिडेमा तामेलीमा रहेको अभिलेख भिडेको अवस्थामा एलआरएमआईएसमा विवरण अद्यावधिक गरी त्यस्तो जग्गाको श्रेस्ता प्रिन्ट गरी प्रमाणित गरी नयाँ श्रेस्ता कायम गर्ने गरी सूचना जारी गरिएको छ ।

यी कुनै पनि कार्यले श्रेस्ता कायम हुन नसकेमा मुद्दा फाँटबाट हुने काम कारबाही कार्यालयको भौतिक संरचना व्यवस्थापन भएमा मात्रै काम हुने सूचना अधिकारी गौतमले बताए ।

घोराही र तुलसीपुरमा रहेका मालपोत कार्यालयमा तोडफोड तथा आगजनी हुँदा कार्यालयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका थिए । दुवै भवनमा आगजनीबाट क्षति हुँदा अहिले ती कार्यालयले जलेका भवनका केही कोठामा बसेर सेवा प्रवाह थालेका छन् । तुलसीपुर मालपोत कार्यालयमा ४० हजारभन्दी बढी व्यक्तिका श्रेस्ता जलेर नष्ट भएका सूचना अधिकारी गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ४५ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब