६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपाली भूमि सुस्ताको विषयमा जागरण ल्याउन बुटवलमा कार्तिक १४ गते वृहत अन्तरक्रिया हुने



बुटवल । नेपाली भूमि सुस्ताको विषयमा युवा पुस्तामा जानकारी र जागरण ल्याउने उद्देश्यसहित बुटवलमा कार्तिक १४ गते वृहत अन्तरक्रिया हुने भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा आयोजना हुने उक्त अन्तरक्रियामा रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पाका युवा विद्यार्थीहरू सहभागी हुनेछन् ।

सुस्ता बचाऔँ युवा अभियान नवलपरासीको आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय भौगोलिक अखण्डता, वीर पुर्खाहरूको योगदान र युवाहरूको भूमिका विषयमा छलफल हुनेछ । आयोजकका अनुसार हरेक जिल्लाबाट कम्तीमा ५० जना विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ ।

सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक योगेन्द्र गौतमले कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी देशको सीमारेखा, राष्ट्रियता र युवाको भूमिकासम्बन्धी अन्तरक्रिया गरिने बताए ।

कार्यक्रममा सुस्तासँग सम्बन्धित डकुमेन्ट्री प्रदर्शनसँगै प्रमुख वक्ता रूपमा सीमाविद् बुद्धिनारायण श्रेष्ठ र नेपाली सेनाका पूर्व उपरथी तथा राष्ट्रिय रक्षाविद् डा. पूर्णबहादुर सिलवालले प्रशिक्षण दिने बताइएको छ ।

कार्यक्रम लखन ब्रदर्स क्लब, निजी तथा सामुदायिक विद्यालयहरूको सहकार्यमा आयोजना हुँदैछ । सो अवसरमा बोल्दै दीप बोर्डिङ हाइस्कूलका प्राचार्य टिकाराम न्यौपाने, नविन औद्योगिक कदरबहादुर रितामाविका प्राचार्य प्रेमबहादुर बस्नेत र नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले कार्यक्रमले युवामा राष्ट्रिय सचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ३७ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,