५ आश्विन २०८३, सोमबार | September 22, 2026

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन



काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले गरेको भनिएको हस्तक्षेपको विरोधमा नेकपा (माओवादी)ले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

पार्टीका नेता तथा कार्यकर्ताहरूले भारतीय हस्तक्षेपको विरोध गर्दै सीमा सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने माग गरेका छन्। प्रदर्शनमा सहभागीहरूले सुस्ताका देशभक्त नेपाली नागरिकलाई राज्यले सम्मान गर्नुपर्ने तथा राष्ट्रिय सीमा र भौगोलिक अखण्डताको संरक्षणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रदर्शनका क्रममा ‘सीमा अतिक्रमण बन्द गर’, ‘सुस्तामा भारतीय हस्तक्षेपको प्रतिरोध गरौँ’, ‘भौगोलिक अखण्डताको रक्षा गरौँ’, ‘राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौँ’ तथा ‘सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

माओवादीले सीमासम्बन्धी विषयमा सरकारले दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ।

शुक्रबार नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ स्थित थारू टोलमा प्रवेश गरेको भारतीय एसएसबीको टोलीलाई स्थानीयवासीले प्रतिकार गरी फर्काएको घटनापछि सीमा विवादको विषय थप चर्चामा आएको हो। सुस्ता क्षेत्रमा पछिल्ला केही दिनयता भारतीय एसएसबी र नेपाली स्थानीयबीच सीमासम्बन्धी विषयलाई लिएर तनाव र विवाद भइरहेका छन्।

प्रदर्शनकारीहरूले नेपालको सार्वभौमसत्ता, सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानमाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिँदै सरकारले कूटनीतिक तथा प्रशासनिक तहबाट तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ६ : १५ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न