६ माघ २०८२, मंगलबार | January 20, 2026

मनास्लु क्षेत्रबाट पोल्याण्डका नागरिकको उद्धार



गोरखा । मनास्लु क्षेत्र भ्रमण गर्न आएका पोल्याण्डका एक पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

राहदानी नम्बर एफई ०४६८९१९ भएका ३६ वर्षीय एडम बर्टोस्ज प्यासिअरबेकलाई आज दिउँसो १३ः०० बजे चुमनुब्री–४ नाम्रुङबाट हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी माउण्टेन सनभ्याली ट्रेक कम्पनीमार्फत त्यसतर्फ भ्रमण गर्न गएका थिए ।

यसैबीच आइतबार भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएकी चुमनुब्री गाउँपालिका–५ ड्याङकी ७४ वर्षीया टासी भुटी लामाको पनि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

लामाको टाउको, अनुहार, छातीलगायतका भागमा गहिरो चोट लागेको वडाध्यक्ष काल्देन छेवाङले जानकारी दिए । उहाँलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ५१ बजे

रास्वपाका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका