१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

“जेनजी आन्दोलनका नाममा भएको तोडफोड योजनाबद्ध र सुनियोजित थियो”- देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा देखिएको तोडफोड र आगजनी आकस्मिक नभई योजनाबद्ध र सुनियोजित रूपमा गरिएको आरोप लगाएका छन् ।

मंगलबार (असोज २८) ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले उक्त आन्दोलनका नाममा भएको हिंसात्मक गतिविधिले देशकै स्थायित्व र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर असर पार्ने चेतावनी दिए ।

उनले भने, “यो अकल्पनीय, अमानवीय र त्रासदीपूर्ण घटना आकस्मिक वा स्वतःस्फूर्त थिएन, बरु सुनियोजित र योजनाबद्ध थियो भन्ने कुरा अहिले सार्वजनिक तथ्यहरूले पुष्टि गर्न थालेका छन्।”

देउवाले सो घटनाको गहिरो अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न माग गर्दै भने, “यो अनुसन्धान कसैको तात्कालिक नाफाघाटाभन्दा पनि मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।”

देशका प्रमुख संवैधानिक निकायहरू र सुरक्षासंस्थाहरूको मनोबल कमजोर भएको उल्लेख गर्दै उनले सबै अंगहरूलाई उच्च आत्मबलका साथ जिम्मेवारीपूर्वक काम गर्न आह्वान गरे ।

देउवाको यस्तो अभिव्यक्ति भदौमा भएको जेनजी आन्दोलनपछि पहिलोपटक भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा आएको हो, जहाँ उनले पार्टी, सरकार र सुरक्षासंस्थाले घटनाबाट गम्भीर पाठ सिक्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : २४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा