जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि दाबी पेस गरेका छन् । ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि यादवले दाबी पेस गरेका हुन् ।
नेपाली कांग्रेसका २२, नेकपा एमालेका २८ र जनमतका १३ सांसदको हस्ताक्षरसहित यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जमतसहित ६ दलले ५७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्षा दावी पेस गरिसकेका छन् ।
यादवको दाबी पेस गर्न यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादवसहितका नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।
कांग्रेस संसदीय दलका नेता यादव आफूले जनमतसहित तीनदलबाट ५८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तका लागि दाबी पेस गरेको बताए ।
कांग्रेस नेता यादवले जनमत पार्टीको समर्थन आफुलाई रहेको दाबी गरेपनि लोसपा नेता सोनललाई मुख्यमन्त्री नियुक्त गर्न जनमत संसदीय दलका नेता महेशप्रसाद यादवसमेत प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । जनमत संसदीय दलका नेता यादवले आफूले एमाले(कांग्रेसलाई अर्को गठबन्धनबाट सरकारमा सहभागिता बारे जानकारी गराइसकेको दाबी गरे ।


















प्रतिक्रिया