१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पनि सबै प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाले यात्रुहरू र कृषकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै आगामी केही दिनसम्म उल्लेखनीय मौसमीय परिवर्तनको सम्भावना नदेखिएको जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ७ : २१ बजे

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक

अवैध क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली । यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

दमौली । तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १०