१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दाङमा चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्दा स्थानीय अचम्मित



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोज १५ गतेदेखि फुल्न थालेको हो ।

सामान्यतया पलम फागुन वा चैत महिनामा मात्रै फुल्ने गरे पनि यसवर्ष असोजमै फुल्न थालेपछि स्थानीयवासीहरू अचम्मित भएका छन् । “विगतमा फागुन-चैततिर फूल फुल्थ्यो, तर यसपटक असोजमै फुलेको देख्दा अचम्म लाग्यो,” स्थानीय प्रविर पुनले बताए ।

छिल्लीकोट क्षेत्रमा प्रायः प्रत्येक घरमा पलमका बोट छन् । तीमध्ये पुनको घरको बोटमा यसपालि असामान्य रूपमा फूल फुल्न थालेको हो । गत वर्ष पनि सोही क्षेत्रमा पुस महिनामै काफल पाकेको थियो ।

वनस्पतिविज्ञ खेमराज शर्माका अनुसार, यस्तो समयभन्दा अगाडि फूल फुल्नु जलवायु परिवर्तनको प्रत्यक्ष असर हो । उनले भने, “तापक्रममा निरन्तर वृद्धि हुँदै गएकाले वनस्पतिहरूमा जैविक समयक्रम बिग्रिएको छ । अहिले धेरै बोटबिरुवामा यस्तै समस्या देखिन थालेका छन् ।”

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ७ : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा