३० असार २०८३, मंगलबार | July 15, 2026

निर्वाचनबाहेक अर्को विकल्प छैन : प्रचण्ड

जेनेरेसन जेडको आवाज हाम्रो पनि आवाज हो



चितवन । नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनेरेसन जेडको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको रूपमा व्याख्या गर्दै माओवादीले विगतदेखि उठाउँदै आएका मुद्दासँग यसको अभिन्न सम्बन्ध रहेको बताएका छन्।

शुक्रबार बिहान चितवनको भरतपुरस्थित कृष्णपुरमा रहेको जिल्ला पार्टी कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले हालैको जेनेरेसन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, र वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा प्रस्तुत गरे ।

प्रचण्डले सामाजिक सञ्जालमार्फत संगठित युवा आन्दोलनलाई “नयाँ राजनीतिक चेतना” को रूपमा व्याख्या गर्दै भने, “युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो ।”

उनले २३ गते राजधानीमा भएको आन्दोलनका क्रममा देखिएको “गम्भीर सुरक्षा लापरवाही” लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्रीको भूमिकाको आलोचना गरे । “युवाहरूको आन्दोलन शान्तिपूर्ण थियो, तर सरकारले संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित हुनु अन्तर्राष्ट्रिय रूपमा लज्जास्पद बन्यो,” उनले भने ।

प्रचण्डका अनुसार घटनापछि माओवादी केन्द्रले सर्वप्रथम आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको थियो । “हामीले आन्दोलनलाई वैधानिकता दियौं, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो, र देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउने पहल गरियो,” उनले स्पष्ट पारे ।

२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षा जोखिम बढेपछि आफू स्वयम् सेनाको समन्वयमा सुरक्षित स्थानमा पुगेको प्रसंग पनि उनले स्मरण गरे ।

देशको वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै उनले भने, “अब निर्वाचनबाहेक अर्को विकल्प छैन । राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू र अन्तर्राष्ट्रिय समुदाय सबैको निष्कर्ष यही हो—जनताले परिवर्तनको बाटो निर्वाचनमार्फत रोज्ने छन् ।”

संभावित वाम एकताबारे बोल्दै संयोजक प्रचण्डले समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा केही दिनभित्रै घोषणा हुने जानकारी दिए। “हाम्रो दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो,” उनले जोड दिए ।

पार्टीको भविष्यप्रति आत्मविश्वास प्रकट गर्दै उनले हाल देशभित्र र बाहिरका विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना रहेको उल्लेख गरे । “तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन व्यापक रूपमा भइरहेको छ,” उनले भने ।

कार्यकर्ताहरूलाई निर्वाचन तयारीमा जुट्न आह्वान गर्दै संयोजक प्रचण्डले निष्कर्षमा जोड दिए, “माओवादी केन्द्र अब फेरि जनताको विश्वास प्राप्त गरेर मुलधारको पार्टी बन्ने निश्चित छ । हामी सबैले एक भएर निर्वाचनमा जानुपर्छ ।”

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १० : ३६ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित