२४ असार २०८३, बुधबार | July 8, 2026

कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटियो



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । मकवानपुरका दुई किसानबाट बजारमा ल्याइएका नमूनामा क्रमशः ४९.०३२ र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलित १७ थरी फलफूल तथा तरकारीको नमूना परीक्षण गर्दा यस्तो तथ्य सार्वजनिक भएको हो ।

परीक्षण अनुसार, सो खुर्सानीमा पाइएको विषादीको मात्रा सरकारले तोकेको मापदण्डभन्दा निकै माथि रहेको छ । सरकारी मापदण्डअनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्र उपभोगयोग्य मानिन्छ ।

५ देखि ४५ प्रतिशतसम्म विषादी पाइएमा केही दिन राखेपछि मात्र सेवन गर्न मिल्ने प्रावधान छ, तर ४५ प्रतिशतभन्दा बढी पाइएमा ती वस्तु पूर्ण रूपमा उपभोगका लागि अयोग्य मानिन्छन् ।

यसअघि पनि मकवानपुरबाट ल्याइएका अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत विषादी पाइएको थियो । त्यस्तै, गत बिहीबार कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका हरियो फर्सी, काँक्रो र घिरौँलामा समेत अत्यधिक मात्रामा विषादी अवशेष भेटिएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १२ : ५७ बजे

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।