७ पुस २०८२, सोमबार | December 22, 2025

कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटियो



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । मकवानपुरका दुई किसानबाट बजारमा ल्याइएका नमूनामा क्रमशः ४९.०३२ र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलित १७ थरी फलफूल तथा तरकारीको नमूना परीक्षण गर्दा यस्तो तथ्य सार्वजनिक भएको हो ।

परीक्षण अनुसार, सो खुर्सानीमा पाइएको विषादीको मात्रा सरकारले तोकेको मापदण्डभन्दा निकै माथि रहेको छ । सरकारी मापदण्डअनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्र उपभोगयोग्य मानिन्छ ।

५ देखि ४५ प्रतिशतसम्म विषादी पाइएमा केही दिन राखेपछि मात्र सेवन गर्न मिल्ने प्रावधान छ, तर ४५ प्रतिशतभन्दा बढी पाइएमा ती वस्तु पूर्ण रूपमा उपभोगका लागि अयोग्य मानिन्छन् ।

यसअघि पनि मकवानपुरबाट ल्याइएका अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत विषादी पाइएको थियो । त्यस्तै, गत बिहीबार कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका हरियो फर्सी, काँक्रो र घिरौँलामा समेत अत्यधिक मात्रामा विषादी अवशेष भेटिएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  १२ : ५७ बजे

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत

‘ट्रक साहित्य’कारुपमा चर्चित सवारी साधन पछाडि लेखिने कविता सायरीको सामाग्रीमाथि ट्राफिकको डण्डा

नेपालगन्ज । कुनैबेला ट्रक साहित्यकारुपमा चर्चा कमाएको सवारी साधन पछाडीका

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका