४ चैत्र २०८२, बुधबार | March 18, 2026

देशलाई संकटबाट जोगाउन सबै दल निर्वाचनमा सहभागी बन्न ७० जेनजी युवाको आह्वान



काठमाडौं । जेनजी पुस्ताका ७० जना युवाहरूले देशलाई संवैधानिक र राजनीतिक संकटबाट जोगाउनका लागि सबै राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा अनिवार्य रूपमा सहभागी हुन आह्वान गरेका छन्।

बिहीबार जेनजी नेपालको आधिकारिक फेसबुक पेजमार्फत विभिन्न विचार समूहका ती युवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन नै वर्तमान संकट समाधानको एकमात्र लोकतान्त्रिक बाटो भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनले उठाएको रूपान्तरणको मर्मलाई आत्मसात् गर्दै, वैचारिक र संगठनात्मक सुधारसहित आगामी निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दलहरूलाई हामी आह्वान गर्दछौं। देशलाई संवैधानिक र राजनीतिक संकटबाट जोगाउने एकमात्र बाटो निष्पक्ष र समयबद्ध निर्वाचन नै हो।”

युवाहरूले हिंसात्मक व्यवहार अस्वीकार गर्दै राजनीतिक असहिष्णुता र आक्रामक संस्कारको अन्त्यको मागसमेत गरेका छन्। उनीहरूले भनेका छन्, “अबको राजनीति क्रोध वा प्रतिशोधको होइन, तर्क, विचार र संवादको हुनुपर्छ। जेनजी पुस्ता यही नयाँ, शान्तिपूर्ण र तर्कपूर्ण राजनीतिक संस्कृतितर्फ देशलाई डोर्‍याउन प्रतिबद्ध छ।”

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाउँदै उनीहरूले हालका राजनीतिक घटनाक्रमबारे निष्पक्ष अनुसन्धानको माग पनि अघि सारेका छन्।

भदौ २३ गते भएको दमन र हत्याको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ। साथै, भदौ २४ गते भएका आगजनी, लुटपाट, तोडफोड र हातहतियार कब्जा जस्ता आपराधिक घटनाहरूको पनि गम्भीर छानबिन हुनुपर्ने उनीहरूले जोड दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, “यस्ता सुनियोजित आपराधिक गतिविधिलाई आधार बनाएर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई अपराधीकरण गर्ने प्रयासको हामी घोर भर्त्सना गर्दछौं। अनुसन्धानको क्रममा सच्चा आन्दोलनकारी र आन्दोलनको आडमा घुसपैठ गर्ने आपराधिक तत्त्वबीच स्पष्ट भेद हुनुपर्छ।”

जेनजी युवाहरूको यो संयुक्त आह्वानले आगामी निर्वाचनप्रति नयाँ पुस्ताको सक्रियता र लोकतान्त्रिक प्रक्रियाप्रतिको विश्वास झल्काएको टिप्पणी गरिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ४ : १४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।