२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

पार्टीमा उर्जा भर्न हस्ताक्षर अभियान, मंसिरमै नियमित अधिवेशन हुनुपर्छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र चलिरहेको हस्ताक्षर अभियानलाई कांग्रेसमा ऊर्जा भर्ने सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले उत्साहपूर्वक सञ्चालन भइरहेको हस्ताक्षर अभियानले पार्टीमा नयाँ ताजगी र उत्साह ल्याएको बताएका हुन् ।

उनले भने, “साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियानले कांग्रेसलाई नै ऊर्जा भन्ने हो भन्ने म बुझ्दछु । यी सबैको सम्बोधन ताजा र नियमित महाधिवेशनले मात्र सम्भव छ।”

कोइरालाले आगामी मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार अन्य राजनीतिक दलहरू पनि मंसिरमै अधिवेशन गर्ने तयारीमा जुटिसकेकाले कांग्रेसले ढिलाइ गर्नु हुँदैन ।

“अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं ?” उनले प्रश्न गर्दै थपे, “कांग्रेसलाई नयाँ दिशा र सम्भावनाको पार्टी बनाउन मंसिरमै महाधिवेशन गर्नुपर्छ ।”

उनले महाधिवेशनबारे केन्द्रीय कार्यसमितिबाट त्यसबारे ठोस निर्णय आउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ४ : ३५ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३